
नवलपुर जिल्लाको मध्यविन्दु नगरपालिका–७ स्थित अम्रसा जंगल नजिकको चोरमारा–झ्यालबास सडकखण्डमा आज बिहान करिब ६:०० बजे भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन्। लु ९ प ८११६ नम्बरको होण्डा साइन मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा चोरमारा निवासी २४ वर्षीय नविन कुमाल र २२ वर्षीय रादिम मिधुनको उपचारका क्रममा बिहान ६:३० बजे मृत्यु भएको पुष्टि गरिएको छ। घाइते २८ वर्षीय मनिष घर्ती मगरलाई गम्भीर अवस्थामा भरतपुरस्थित नयाँ मेडिकल कलेजमा रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालयले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ।