
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र ललितपुर जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ललितपुरको सानेपास्थित दुई घरबाट अनलाइन सट्टेबाजी सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ। पक्राउ परेका २४ जनामध्ये १० जना भारतीय र १४ जना नेपाली नागरिक छन्। यो गिरोहले विभिन्न एप्समार्फत् ६ महिनामा ३.०४ अर्ब रुपैयाँको कारोबार गरेको खुलेको छ। अनलाइन सट्टेबाजीको बढ्दो प्रवृत्तिले नेपालमा साइबर अपराधको चुनौती बढाएको छ।