Sofa
Sofa

खेल र प्रतिभाको सम्मान गर्ने संस्कृतिको जग बसाउँदै, न्यु मिरर कम्प्युटर इन्स्टिच्युटका संस्थापक तथा बिपिन शर्माका आदरणीय शिक्षक मनोज एमसीले उदयमान कर्णालीका खेलाडी बिपिन शर्मालाई विशेष रूपमा सम्मान गरेका छन्। बिपिनको निरन्तर संघर्ष, समर्पण र अनुशासनप्रति सम्मान जनाउँदै मिरर कम्प्युटर इन्स्टिच्युटले रु. २५,००० नगद प्रदान गर्नुका साथै, हरेक वर्ष उनको खेल जीवनलाई प्रोत्साहन स्वरूप तिन वर्ष सम्म रु. १-१ लाख सहयोगको घोषणा गरेको छ।

जब गुरूले आफ्नो शिष्यको सपना देख्छन्, त्यो सपना साँचो बन्ने बाटो आफैं बन्छ।” बिपिन शर्मा कर्णालीको मात्र होइन, सम्पूर्ण नेपालको सम्भावनाशील र प्रेरणादायी खेलाडी हुन्। कठिन परिश्रम, निरन्तर अभ्यास र अनुशासनले उनलाई आजको मुकाममा पुर्याएको छ। यस्ता युवाको साथ र प्रेरणाका लागि जब शिक्षक स्वयं अघि बढ्छन्, त्यो सहयोग केवल आर्थिक होइन—सपना र सम्भावनामा गरिएको लगानी हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय