
नेपाल सरकारले हरित हाइड्रोजन उत्पादन सुरु गर्ने योजना सार्वजनिक गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यो घोषणा गरेका हुन्। सरकारले जलविद्युत् स्रोतको उपयोग गर्दै हरित हाइड्रोजन उत्पादन गर्ने र त्यसलाई उद्योग, यातायात र कृषि क्षेत्रमा प्रयोग गर्ने योजना बनाएको छ। यसले नेपाललाई ऊर्जा आत्मनिर्भर बनाउने र वातावरणमैत्री विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, सरकारले डिजिटल बैंक स्थापना र नगदविहीन कारोबार प्रवर्द्धन गर्ने योजना पनि अघि सारेको छ।