
देशभित्रै रोजगार सिर्जना गर्ने उद्देश्यसाथ सरकारले २०२५ देखि २०३५ लाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’ घोषणा गरेको छ। निजी क्षेत्रसँगको सहकार्यमा युवालाई सीप विकास, स्वरोजगार र उद्यमशीलता तर्फ प्रेरित गरिनेछ। यसबाट १० लाखभन्दा बढी रोजगार सिर्जना हुने सरकारको दाबी छ।