Sofa
Sofa

भारत र पाकिस्तानबीच पछिल्लो समय देखा परेको कूटनीतिक र सैनिक तनावलाई मध्यनजर गर्दै भारत सरकारले नागरिक सुरक्षा तालिम सञ्चालन गरेको छ। ‘अपरेशन अभ्यास’ नाम दिइएको यो विशेष तालिम कार्यक्रम भारत सरकारको गृह मन्त्रालयअन्तर्गत सञ्चालन गरिएको हो।

यो तालिमको मुख्य उद्देश्य नागरिकहरूलाई आपतकालीन परिस्थितिमा कसरी सुरक्षित रहने भन्ने कुराको प्रशिक्षण दिनु हो। आक्रमण, बम विस्फोट, रसायनिक हमला वा अन्य विपदका अवस्थामा नागरिकले अपनाउनुपर्ने सतर्कता, सुरक्षा उपाय र तदारुकताको बारेमा जानकारी दिइएको छ।

यस तालिम अन्तर्गत २४४ वटा जिल्लामा ‘सिभिल डिफेन्स म्याक ड्रिल’ गरिएको छ, जहाँ स्थानीय प्रशासन, प्रहरी, अग्नि नियन्त्रक टोली, स्वास्थ्यकर्मी, विद्यार्थी, र सर्वसाधारण समेत सक्रिय रूपमा सहभागी भएका छन्।

तालिममा नागरिकहरूलाई बंकरमा जान सिकाउने, प्राथमिक उपचारको तालिम, झुठा समाचारबाट कसरी जोगिने, र संकटको समयमा सम्पर्कमा रहने माध्यमको प्रयोगजस्ता महत्वपूर्ण अभ्यास गराइयो।

गृह मन्त्रालयका अनुसार यो कार्यक्रम पूर्व तयारीका लागि हो र यसले नागरिक सतर्कता तथा समन्वयमा ठूलो योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विशेषज्ञहरूले भनेका छन् कि यस्ता तालिमले न केवल युद्ध वा आक्रमणको जोखिमका बेलामा, तर प्राकृतिक विपदहरूमा पनि ठूलो सहयोग पुर्‍याउन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय