Sofa
Sofa

भारतीय क्रिकेट टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन्। ३८ वर्षीय शर्माले आफ्नो करियरमा ६७ वटा टेस्ट खेल खेलेका थिए, जसमा उनले ४,३०१ रन बनाएका छन्। उनले १२ शतक र १५ अर्धशतक प्रहार गरेका छन्।

उनले भारतको कप्तानको रूपमा २४ टेस्ट खेलमा नेतृत्व गरेका थिए, जसमा टिमले ठूला जितहरू हासिल गर्‍यो। पछिल्लो समय प्रदर्शनमा आएको गिरावटपछि उनले यो निर्णय लिएको बताइएको छ। यद्यपि, उनी एकदिवसीय र टी-२० खेल्न जारी रहनेछन्।

अब उनको स्थानमा नयाँ कप्तानको रूपमा शुभमन गिल वा जसप्रीत बुमराहमध्ये एकले जिम्मेवारी पाउने चर्चा छ। भारतले आगामी टेस्ट श्रृंखला २०२५ जुन २० तारिखमा इंग्ल्याण्डविरुद्ध सुरु गर्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय